काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि ढुंगा प्रहार भएको हो ।
बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए ।
“काठमाडौंबाट झापातर्फ जाँदै गर्दा भद्रपुर विमानस्थलबाट कार्यक्रमस्थल बुधबारे जाने क्रममा कार्यक्रमस्थलबाहिरपट्टि बसेर होहल्ला गर्ने, कार्यक्रम विथोल्न खोज्ने, शान्ति भंग गराउन खोज्ने काम भएको छ,” उनले भने ।
उनले एमालेको सत्तापक्षको कार्यकर्ताको सहभागितामा प्रतिपक्षलाई जिस्क्याइएको बताए ।
“एमालेको नेतृत्व एउटा कार्यक्रममा सहभागी हुन जाँदा जुन प्रकारले ढुंगामुढा गर्ने कोसिस गरिन्छ, अनेकन ढंगले कार्यक्रम भाँड्ने कोसिस गरिन्छ,” गिरीले भने, “सत्तापक्षकै कार्यकर्ता त्यसमा घुसपैठ गरिन्छ ।”


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्