images
images
  • माओवादीमा मन्त्रालय हेरफेर, कसले कुन मन्त्रालय पाउँदै ?

    काठमाडौ- नेकपा (माओवादी केन्द्र)ले मन्त्रालय हेरफेर गर्दै छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहेको सरकारको मन्त्रालयहरूमा मन्त्री हेरफेर गर्दै छन् ।

    यस्तै हाल भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन्।

    अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई ऊर्जा र सहरी विकासमध्ये एकमा पठाउने तयारी गरिएको छ ।

    यस्तै संस्कृति, पर्यटन एवम् नागरिक उड्ड्यनमन्त्री सुदन किराती र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भने सोही मन्त्रालयमा रहने भएका छन् ।

    सरकारको नेतृत्व समालिरहेको माओवादी केन्द्रले सरकारको प्रवक्ता आफैँ हुनुपर्ने निष्कर्ष निकालेको छ । सञ्चार मन्त्री स्वतः सरकारको प्रवक्ता हुन्छ ।

    यही प्रावधान हाल सञ्चार मन्त्री शर्मा सरकारको प्रवक्ता रहेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्

    images