
काठमाडौं- तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बनाउने भएको छ ।
मंसिर ४ को निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति चयन भएसँगै खाली भएको तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनका लागि काँग्रेसले भट्टराईलाई उम्मेदवार बनाउन लागेको हो ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले जानकारी दिएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बन्ने करिब पक्का भएको छ।
उनी कांग्रेसभित्र अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन्।
भट्टराईले अहिलेसम्म संसदी निर्वाचन लड्ने अवसर पाएका छैनन्। भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नवौँ अध्यक्ष रहिसकेका नेता भट्टराई १४ औँ महाधिवेशनमा सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए।
स्रोतका अनुसार भट्टराई तनहुँ–१ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ ।
तनहुँ १ बाट गत चुनाव जितेका पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्