images
images
  • नेकपा एसले गृह मन्त्रालय नपाउने पक्का

    काठमाडौं- सत्ता गठबन्धन दलमध्येको एक नेकपा एकीकृत समाजवादी सरकारमा सामेल हुने भएको छ ।

    नेकपा एसले पार्टीका उपाध्यक्ष को नेतृत्वमा तीन सदस्यीय टोलीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ। डा. भुसालसहित अर्का सदस्य प्रकाश ज्वाला सरकारमा जाने पक्कापक्की भइसकेको छ भने तेस्रो को हुने भन्नेबारे निर्णय भइनसकेको स्रोतले बतायो।

    नेकपा एस सत्ता गठबन्धनमध्येको पाँचौ ठूलो दल हो। यसले सुरु देखिनै गहृ मन्त्रालयसहित उपप्रधानमन्त्रीको दाबी गर्दै आएको छ। अहिले तीन वटा मन्त्रीसहित सरकारमा जाने तयारीमा छ। मन्त्रालयको टुङगो नलागेको स्रोतले बतायो।

    ‘नेकपा एसले गृह मन्त्रालय नपाउने पक्का भइसक्यो, गृहमा माओवादीकै मन्त्री नारायणकाजी जादैछन्’, स्रोतले भन्यो।

    डा.भुसाल राष्ट्रिय सभा सदस्य हुन। उनी नेकपा एसका संस्थापक महासचिव थिए। तर नेकपा एमाले छोडेर घनश्याम भुषाल नेकपा एस प्रवेश गरेपछि डा। भुसालले महासचिव पद उनलाई सुन्पिएका हुन। अहिले डा। भुसाल नेकपा एसका उपाध्यक्ष छन्।

    प्रतिक्रिया दिनुहोस्

    images
    images