images
images
  • बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

    हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्।

    सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।

    ११० सदस्यीय बागमती प्रदेश सभामा उनले ४ राजनीतिक दलको ६७ मत प्राप्त गरेका हुन्। विश्वासको मतको विपक्षमा १७ मत प¥यो भने ७ जना सांसद तटस्थ बसे । प्रदेशसभाको विश्वास छ भनेर देखाउन मुख्यमन्त्रीले कम्तीमा ५६ सांसदको समर्थन जुटाउनुपर्ने थियो ।

    माओवादीमा २१, कांग्रेसको ३७, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीका २ जनाले जम्मकट्टेलको पक्षमा मत दिए।

    फागुन १३ गते सरकारबाट बाहिरिँदै राप्रपाले सरकारलाई गरेको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए। एक महिनाभित्र दोस्रो पटक संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले आज विश्वासको मत माग्ने प्रस्ताव पेश गरेका थिए।

    पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेल फाल्गुन १३ गते अल्पमतमा परेका थिए। आलोपालो मुख्यमन्त्री बन्ने सहमतिका साथ कांग्रेसले विश्वासको मत दिएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बताए।

    प्रतिक्रिया दिनुहोस्

    images