
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले आफूहरुको एजेण्डा कार्यान्वयन गर्ने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
आफूहरुको एजेण्डा कार्यान्वयन नगरे समर्थन फिर्ता लिन मिल्ने गरी प्रतिपक्षी दलको भूमिकामा रहने बैठकले निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि पार्टी भने प्रतिपक्षमै बस्ने सो उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको एकिकृत समाजवादी पाटी श्रोतले जनाएको छ । तर त्यो के शर्ता हो त्यो भने खुलाइएको छैन । प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिंदैछन् ।
उनी पुस १० गते एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । एकीकृत समाजवादीका १० सांसद छन्
प्रतिक्रिया दिनुहोस्