
काठमाडौं- मङ्सिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।
राष्ट्रपति भण्डारीले पठाको पत्र पढेर सुनाउँदै उनले भने, ‘‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’’
त्यसैगरी, राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ ।
नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व छ । सबै दलका संसदीय दलका नेताहरुले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्ने कार्यसूची छ ।
एमालेसहितका राजनीतिक दलहरुको समर्थनमा प्रतिनिधिसभामा तेस्रो ठूलो दलको रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गगरेी थिइन् । पुस ११ गते ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।
प्रधानमन्त्री दाहालले भोलि मङ्गलबार संसदमा विश्वासको मत लिनेछन् । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस भने प्रमुख प्रतिपक्षको रुपमा छ ।
प्रतिक्रिया दिनुहोस्