images
images
  • स्वतन्त्र मेयरको फेसबुक जुहारी: सााम्पाङको व्यंग्यात्मक प्रहारमा बालेन्द्रले पेचिलो जवाफ

    काठमाडौं । स्वतन्त्र उम्मेद्वारी दिएर चुनाव जितेका दुई चर्चित मेयर बालेन्द्र साह र हर्क साम्पाङबीच सामाजिक सञ्जाल फेसबुकमा जुहारी चलेको छ ।

    काठमाडौंको फोहोरका विषयमा हर्कले व्यंग्यात्मक स्टाटस लेखेपछि बालेन्द्रले पेचिलो जवाफ फर्काएका छन् ।

    धरानबाट काठमाडौ आउनासाथ हर्कले यहाँ थुप्रिएको फोहोरबारे फेसबुकमा टिप्पणी गरेका थिए। त्यसबेला बालेन मौन बसेका थिए । आज फेरि हर्कले अर्काे स्टाटस लेखेपछि बालेनले फेसबुकमै जवाफ दिएका हुन् ।

    हर्कले लेखेका छन्, जसले जे भनोस तर म काठमाडौं नआएको भए फोहोर उठ्ने थिएन रैछ । कमसेकम काम त सुरू गरे ।

    त्यसमा बालेनले कटाक्षपूर्ण जवाफ दिए, तपाईंकै लौरो चुनावचिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि ।

    harka and balen

    बालेनको जवाफपछि हर्क चुप बसेनन् । उनले बालेनलाई केही समयपछि अर्काे स्टाटस लेखे । उनको दोस्रो स्टाटस छ, आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !

    3 9

    उनी यतिमा रोकिएनन् । केहीबेरपछि झन् अर्को कडा स्टाटस लेखे । यसमा उनले अमर्यादित शब्द प्रयोग गरेका छन्

    उनको नयाँ स्टाटस छ, देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो‘ तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो ।

    यसमा भने बालेनको जवाफ आएको छैन । कमेन्टमा धेरैले हर्कलाई संयमित बन्न र पोस्ट कम गर्न सुझाव दिएका छन् । बालेनको जवाफलाई भने समर्थकले ‘स्याभेजझ’ भन्दै प्रतिक्रिया दिएका छन् ।

    बालेन र हर्क दुवै सामाजिक सञ्जालमा अति सक्रिय मेयर हुन् । संयोगवस दुवैले उही लौरो चुनावचिन्ह लिएर चुनाव लडेका थिए । उनीहरूको हरेक कुरा तुलना हुने गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images