images
images
  • काठमाडौँको फोहोर व्यवस्थापनमा भइरहेको अवरोध हटाउन चार बुँदे सहमति

    काठमाडौं– काठमाडौँ महानगरपालिकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध तत्कालका लागि हट्ने भएको छ ।

    बुधबार साँझ काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलमा चार बुँदे सहमति भएपछि बञ्चरेडाँडामा फोहोर फाल्नका लागि भइरहेको अवरोध तत्कालका लागि अन्त्य भएको हो ।

    बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभावी फोहोर खसाल्न नपाइने सहमति भएको छ । साथै गत २६ जेठमा भएको सहमति कार्यान्वयनका लागि समेत दुवै पक्ष सहमत भएका काठमाडौँका प्र.जि.अ गोविन्द रिजालले जानकारी दिए ।

    1

    2 2

    प्रतिक्रिया दिनुहोस्

    images
    images