images
images
  • जसपा उपाध्यक्ष तथा पूर्वमन्त्री राईसहित २३ नेता एमाले प्रवेश

    काठमाडौँ- जनता समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वउद्योगमन्त्री हेमराज राईसहित केन्द्रीय तहका २३ नेता एमाले प्रवेश गरेका छन् ।

    उनीहरूसँगै केन्द्रीय संघीय परिषद्का १० सदस्य, ११ जना प्रदेश समितिका पदाधिकारी र सदस्य, जनसंगठनका ११ पदाधिकारी र जिल्ला नेतृत्व तहका ४५ नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

    राईसहित जसपाका सबै नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।

    जसपाका केन्द्रीय सदस्यहरू शान्तकुमार प्रधान, भूराज राई, सबिना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनील विश्वकर्मा, शंकरबहादुर सार्की एमाले प्रवेश गरेका छन् ।

    त्यस्तै, केन्द्रीय विज्ञ परिषद् सदस्य थामाङसिंह याम्फु राई, समाजवादी ट्रेड युनियन महासंघका महासचिव तथा निर्वाचन आयोग सदस्य डिबी सरोज राई तथा केन्द्रीय संघीय परिषद्का १० जना सदस्य एमाले प्रवेश गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images