
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसको जिल्ला नेतृत्वले चितवनको क्षेत्र नम्बर ३ मा उम्मेदवार नबन्न सुझाब दिएका छन् । प्रचण्डलाई चितवनबाट उम्मेदवार नबनाउने पहलका लागि कांग्रेसका नेताहरु काठमाडौं आएका छन् । चितवनमा नेपाली कांग्रेसको ठूलो संगठन रहेको र पटक–पटक गठबन्धनको नाममा उम्मेदवार हुनबाट वञ्चित हुन परेसँगै यतिबेला नेपाली कांग्रेसका नेता काठमाडौंमा र्शीष नेतासँग भेट्न आएका हुन् ।
विगतका अवस्थालाई अध्ययन गर्दा चितवनको क्षेत्र नम्बर ३ मा लामो समयदेखि नेपाली कागेंसको लोकप्रियता रहेको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले बताए । यस्तै, हाम्रो आग्राहको कुरा के हो भने कुन नेता कहाँबाट चुनाव लड्ने भन्ने हो, उनले भने, प्रचण्ड चितवनको क्षेत्र नम्बर ३ बाट नै लड्न जरुरी छ र ? १ अथवा २ नम्बरबाट लडे हुन्न र ? या अर्को जिल्लाबाट चुनाव लडे पनि हुन्न र ?
स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवारहरुले गठबन्धनबाट चितवनका ७ वटा पालिकामा चुनाब लड्दा ५ वटा पालिकामा निर्वाचित भएका छन् । अन्य पार्टीले त्यो नम्बरमा चुनाब जित्न सकेका छैनन् । त्यसैले कांग्रेसको मतदातालाई एक किसिमको विश्वास हामीले चितवनमा जोगाएर राखेका छौँ, उनले भने ।
सभापति खनालले स्थानीय तहको चुनाव जित्न प्रचण्डले बोडर क्रस गरेको आरोप लगाएका छन् । चुनावमा प्राप्त भएका मत नेपाली कांग्रेसको पक्षमा भएको उनको दावी छ ।
प्रचण्डलाई चितवनको ३ वटै क्षेत्रबाट चुनाव जित्न समस्या भएको बताएका छन् । उनका अनुसार क्षेत्र नम्बर ३ बाट चुनाब जित्न असम्भव नै हो । तर १ अथवा २ नम्बरबाट लड्दा कम समस्या होला ।
चितवन क्षेत्र नम्बर ३ को सन्र्दभमा वादविवाद उत्पन्न भएको छ उनले भने, कांग्रेसले नेकपा माओवादीको अध्यक्ष प्रचण्डलाई पुर्नविचार गर्न आग्रह गर्छ ।
प्रतिक्रिया दिनुहोस्