images
images
  • निर्वाचन आयोगमा ८४ दल दर्ता, दलले दिएका निवेदनको जाँचबुझ आजैबाट सुरू

    काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८२ दल दर्ता भएका हुन ।

    आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ ।

    यसरी दर्ता भएका निवेदन दिएका राजनीतिक दलको रुजु आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै दलको रुजु गर्ने छ ।

    दल जाँचका क्रममा कानून अनुसार छ की छैन, आवश्यक सबै कागजात प्राप्त भएरनभएको बारेमा परीक्षण गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    ruju

    प्रतिक्रिया दिनुहोस्

    images
    images