
काठमाण्डौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार भएका छन् ।
हिजो (मङ्गलवार) धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँगको भेटमा प्रचण्डले आफू श्रमदानका लागि आउन तयार भएको बताएका हुन् ।
प्रचण्डसँगको भेटपछि मेयर साम्पाङले लेखेका छन्, ‘आज प्रचण्डसँग भेट भयो, मैले उहाँलाई सर्दुखोलामा श्रमदान गर्न आउने निम्तो दिएँ, उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनुहुन्छ ?’
उनले मंगलबार माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेका हुन्। भेट कुन विषयमा भयो भन्ने कुरा अहिलेसम्म जानकारी दिइएको छैन। तर, उनले प्रचण्डसँग भेटेर हात मिलाएको तस्बीर भने सामाजिक सञ्जालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्