images
images
  • स्वतन्त्रलाई सरकारले विभेद गर्छ भने जनता ल्याएर सिंहदरबार घेर्छु : मेयर हर्क साम्पाङ

     

    काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले स्वतन्त्र रुपमा निर्वाचित जनप्रतिनिधिलाई सरकारले विभेद गर्दछ भने आफू त्यसको विरुद्ध उत्रने बताएका छन् ।

    केन्द्र सरकार संगको सहकार्यका लागि काठमाण्डौँ आएका मेयर साम्पाङले एक टेलिभिजन कार्यक्रममा अन्तर्वाता दिदैँ स्वतन्त्रले जितेका स्थानिय सरकारलाई सहयोग गर्ने कार्यमा विभेद गर्दछ भने आफू धराने जनतालाई ल्याएर सिंहदरबार घेराउ गरि धर्ना दिने उनले बताए । कोशीको पानी धरानमा ल्याउन केन्द्रिय सरकारले कुनैपनि हालतमा सहयोग गर्नुपर्ने उनको अडान छ ।

    मेयर साम्पाङले भने, सरकारले धरानलाई स्वतन्त्रले जित्यो भन्दैमा सहयोग नगर्नलाई धरान नेपाल बाहिरको होर ? आफूलाई अहिले सहयोग नगर्ने जो कोहि नेताले पनि आगामी चुनावमा हार्दै जाने उनले बताए । उनले प्रश्न गरे, राम्रो काम गर्नेलाई साथ नदिने नेतालाई जनताले किन जिताउने ?

    सार्वभौम जनताले जिताएर पठाएको एउटा स्वतन्त्र जनप्रतिनिधिलाई दलका नेता वा सिङ्गो सरकारले असहयोग गर्ने भनेको लोकतन्त्र विरोधि कार्य हुने उनले बताए । यदि दलको आढमा सरकारले समेत सहयोग गरेन भने आफू जनता सामू जाने र त्यसको विरोधमा सारा धराने जनतालाई सिंह दरबार ल्याएर धर्ना दिने मेयर साम्पाङले बताएका छन् । कोशीको पानी धरानमा ल्याउन संघिय सरकारले एक अर्ब सहयोग गर्नु पर्ने माग राख्दै मेयर साम्पाङले भने उक्त काम संघिय सरकारको मन्त्रालयले गर्न सकेन भने किन चाहियो त्यो मन्त्रालय ? जनतालाई खानेपानी समेत दिन सक्दैन भने त्यस्तो सरकारको के काम ?

    जनताको सेवामा निरन्तर खटिएका मेयर साम्पाङ धराने जनतालाई कोशीको पानी खुवाउन आफैँ अग्रपक्तिमा रहेका जनतालाई साथमा लिएर काम गरिरहेका छन् । उनको कार्य शैली कै कारण उनी अहिले चर्चामा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images