
काठमाडौं- काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पुर्याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन् ।
महानगरपालिकाले सोमबार २ सयभन्दा बढी ट्रकबाट फोहोर फाल्ने योजना बनाएको थियो । तर, सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताले ‘असहयोग गरेकाले फोहोर फाल्ने काम सहज नभएको’ जनाइएको छ ।
सत्तारूढ दलबाटै असहयोग भएपछि प्रमुख साहले आक्रोश व्यक्त गर्दै ‘राज्य संयन्त्र निरीह बनेको’ आरोप लगाएका छन् । सोमबार फेसबकुमा स्टाटस लेख्दै साहले ‘फोहोर व्यवस्थनमा सिंगो राज्य संरचना निरीह बनेको’ टिप्पणी गरेका हुन् ।
बन्चरेडाँडमा ५ अर्बभन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा समेत फोहोर लैजान ‘माथापच्ची’ गर्नुपरेकोमा उनले असन्तुष्टि र आक्रोश पोखेका छन् ।
‘२ सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ रु पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ रु’ शाहले प्रश्न गरेका छन् ।
केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध खडा गर्ने प्रयास गरिएको बताउँदै साहले सोमबार २ सय ३ वटा मात्र फोहोरका गाडी बन्चरेडाँडा लैजान सकिएको अवगत गराएका छन् । उनले राज्य संयन्त्रमाथि गम्भीर प्रश्नसमेत तेस्र्याएका छन् ।
‘केही दिनबाट देखिरहेको समस्या सतही मात्रै भएको’ बताउँदै उनले ‘यसको गहिरो र अलग्गै कारण रहेको’ औंल्याएका छन् ।
साहले ‘बन्चरेडाँडामा राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै दुई दशकदेखि योजना बनाए पनि अहिले आएर फोहोर लैजान यतिका माथापच्ची किन रु’ भन्दै गम्भीर प्रश्न गरेका छन् ।
‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छन् । सिसडोलमा गरिएको लापर्बाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वाभाविक पनि होइन,’ शाहले सबै भनेका छन्, ‘हामी विश्वस्त पार्न चाहन्छौं कि विगत दोहो¥याएर अपराध गर्ने छैनौं । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बन्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ ।’
साहले सिसडोलका स्थानीय बासिन्दासँग आफूले गरेका सहमति इमानदारितापूर्वक पालना गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । ‘व्यवस्थापन हाम्रो स्वार्थको गर्नुपर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थ व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नुभएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ,’ उनले भनेका छन् ।
हेर्नुस् मेयर शाहाको स्टाटस
https://www.facebook.com/balenOfficial/posts/pfbid02W3ZdEPCqSRtsV1cEDLGivVGNKxZM87W9XxiB5NJhNuiPcz5XXvF6CmX19trxHDBdl
काठमाडौंमा फोहोरको डंगुर मूकदर्शक बने, ‘भीआईपी’ :
शेरबहादुर देउवा, प्रधानमन्त्री
देशको राजधानी फोहोरको डंगुरले भरिँदासमेत मुलुकको कार्यकारी प्रमुखका रूपमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा ‘मूकदर्शक र गैरजिम्मेवार’ देखिएका छन् । प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका लागि विशेष छलफल र बैठक बसाल्न सकेका छैनन्, न मन्त्रिपरिषद् बैठकमा नै यस विषयमा गम्भीर छलफल गर्न सकेका छन् ।
मेटमणि चौधरी, सहरी विकासमन्त्री
काठमाडौंको सौन्दर्य नै हराएको छ । जताततै फोहोरले सहर कुरूपजस्तै बन्दासमेत हाल जिल्ला दौडाहामा रहेका सहरी विकासमन्त्री मेटमणि चौधरीलाई संवेदनशील विषयले खासै प्रभाव पारेको देखिँदैन । काठमाडौंको फोहोर व्यवस्थापन’दयगत उनले कुनै योजनासमेत बनाएका छैनन् । उनीसमेत फोहोर व्यवस्थापन सम्बन्धमा मूकदर्शक र गैरजिम्मेवार देखिएका छन् ।
उमाकान्त चौधरी, खानेपानी तथा सरसफाइमन्त्री
सरसफाइ मन्त्रीका रूपमा रहेका चौधरी पनि काठमाडौंको फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । नाम मात्रैका मन्त्री भएका चौधरीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि कुनै छलफल र बैठकलाई घनीभूत रूपमा अघि बढाउन सकेका छैनन् ।
शंकरदास वैरागी, मुख्य सचिव
सरकारको प्रशासनिक संयन्त्रसमेत आवश्यकताअनुसार परिचालन गर्नुपर्नेमा मुख्य सचिव शंकरदास वैरागीले पनि फोहोर व्यवस्थापनमा कुनै पनि संयन्त्र परिचालन गर्न सकेका छैनन् । मन्त्रिपरिषद्मा समेत उनले यो विषयलाई गम्भीरतापूर्वक प्रवेश गराउन सकेका छैनन् । -राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्