
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले संघीय निर्वाचनमा दोलखाबाट उम्मेदवारी घोषणा गरेका छन्।
दोलखाबाट यसअघि सांसदमा उठेका जिपछिरिङ लामाले अबको निर्वाचनमा उम्मेदवारी नदिने संकेत गरेपछि उनको सम्भावना बढेको हो।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ निवासी काफ्लेले भने, दोलखाका जनतालाई विकासको अनुभूति दिलाउन मेरो उम्मेदवारी हो।
यस्तोमा काफ्लेलाई एमालेको किल्ला तोड्नुपर्ने हुन्छ। युवा तथा विद्यार्थी नेतामाझ लोकप्रिय काफ्लेले तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध लोकतन्त्र कि राजतन्त्र व्यवस्था रोज्न भन्ने सवालमा पशुपति क्याम्पस चाबहिलमा नमूना जनमतसंग्रह गराएका थिए।
काफ्ले नेपाली कांग्रेसका निर्वाचित कान्छा केन्द्रीय सदस्य हुन्।
प्रतिक्रिया दिनुहोस्