
काठमाण्डौँ- अमेरिकी सेनाको जहाज सोमबार काठमाण्डौँमा ओर्लिएको छ । सोमबार काठमाण्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अमेरिकी वायु सेनाको विमान अवतरण भएको हो ।
अमेरिकी वायु सेनाको टोली युएस एअरफोर्सको सी १३० उडानमार्फत काठमाण्डु आइपुगेको जनाइएको छ ।
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन गर्न लागिएको ब्यालेन्स नेल २२–५५३० तालिममा सहभागी हुन अमेरिकी वायु सेनाको टोली काठमाण्डौँ आइपुगेको हो । उक्त टोलीमा शिक्षार्थी छ जना र चालक दलका १० जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्