
काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आएका थिए ।
उहाँहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदुत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका थिए । त्यस्तै उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।
भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिए । साथै उनले आगामी दिनमा पनि इजराय सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका छन् । मन्त्री कँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पून एकिकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।
त्यस्तै उनले अहिले थुपै नेपालीले इजराय जान चाहेकाले छिटो भन्दा छिटो उनीहरुलाई इजरायल लैजाने वातावरण बनाइ दिन राजदुत गोदेरलाई अनुरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्