images
images
  • निर्वाचन आयोगको निर्णय : मंसिर ३ गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

    काठमाडौं- निर्वाचन आयोगले मंसिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाताले भोट हाल्न पाउने निर्णय गरेको छ । आयोगले मंसिर ४ गते तय भएको आम निर्वाचनमा साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिहरूमध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूले भोट हाल्न पाउने गरी ‘कट अफ डेट’ निर्धारण गरेको हो ।

    ‘मिति २०७९/०४/१९ ९निर्वाचन घोषणा भएको दिन० सम्म मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिहरूमध्ये मिति २०७९/०८/०३ सम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने भएकाले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने कानूनी व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images