
काठमाडौं- आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरूले सम्पत्ति विवरण नबुझाए उम्मेदवारी दर्ता गर्न नपाइने भएको छ ।
आज (आइतबार) निर्वाचन आयोगले आयोजना गरेको विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले उक्त निर्वाचनमा उम्मेदवारले सम्पत्ति विवरण नबुझाए उम्मेदवारी दर्ता गर्न नपाइने बताए ।
थपलियाले भने– ‘उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण लिने, निर्वाचित भएपछि सो विवरण सार्वजनिक गर्ने र उम्मेदवारी दिएका ब्यक्ति निर्वाचित नभएमा सो विवरण सार्वजनिक नगरी नष्ट गर्नेबारे आयोगले सोचेको छ ।’
प्रतिक्रिया दिनुहोस्