images
images
  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूचीसहित

    काठमाडौं- संघीय संसद् प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

    आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ ।

    कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ ।

    मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभावाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    294120157 527822925698825 4213570372591869348 n

    प्रतिक्रिया दिनुहोस्