
काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले गैर आवासीय नेपालीका लागि आर्थिक सांस्कृतिक अधिकारका लागि प्रदान गरिने नागरिकता जिल्ला जिल्लाबाटै प्राप्त गर्ने सक्ने बताएका छन् ।
प्रतिनिधिसभामा शुक्रबार भएको नेपाल नागरिकता संशोधन विधेयकको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रावधान कार्यान्वयन नियमावली बनाइने उल्लेख गरे ।
यसअघि गैर आवासीय नेपालीका लागि गृह मन्त्रालयबाट मात्र नागरिकता लिन सकिने प्रावधान विधेयकमा राखिएको थियो । गृहमन्त्री खाँणका अनुसार गृहमन्त्रालयले तोकेको अधिकारीले नागरिकता जारी गर्न सक्ने उल्लेख छ । यससम्बन्धी विधेयक अहिले प्रतिनिधिसभाबाट पारित हुने क्रममा छ ।
प्रतिक्रिया दिनुहोस्