images
images
  • सभामुखको रुलिङ- एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराए

    काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्‌लाई जानकारी दिन रुलिङ गरेका छन् । सत्तारुढ दल र प्रमुख प्रतिपक्षका सांसदहरूले बारम्बार उक्त विषय संसद्‌मा उठाएपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख सापकोटाले मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनको अवस्थाबारे संसद्‌लाई जानकारी हुनुपर्ने भन्दै रुलिङ गरेका हुन् । ‘एसपीपीको विषयमा मेरो ध्यानकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्‌लाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछ,’ सभामुख सापकोटाले भनेका थिए ।

    बिहीबारको बैठकमा मात्रै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा (एमाले) सांसद भीम रावलले एसपीपीबारे सभामुखको रुलिङ माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्