images
images
  • नेप्सेमा पाँच अंकको गिरावट, १ अर्ब ६४ करोडको कारोबार

    काठमाडौं- नयाँ आर्थिक वर्ष सुरु भएसँगै लगातार उकालो यात्रामा रहेको नेप्सेमा बिहीबार ५ अंकको ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८७ अंकले घट्दै २०४४.७२ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १६ अंकले बढ्दै २०५० विन्दुमा अडिएको थियो ।

    यसदिन बैंकिङ र अन्य समूहको उपसूचक बाहे सबैजसो उपसूचकहरु ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक आज ०.१७ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक १.०९ प्रतिशतले बढेको छ । ट्रेडिङ समूहको उपसूचक १.५८ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको उपसूचक १.५२ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.०७ प्रतिशतले घटेको छ ।

    यस्तै, डेभलपमेन्ट समूहको उपसूचक ०.९८ प्रतिशतले, निर्जीवन बीमा समूहको उपसूचक ०.७८ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक ०.७५ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक ०.६१ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.४८ प्रतिशतले, म्युचुअल फन्ड समूह ०।४४ प्रतिशतले, म्यानु एण्ड प्रो ०.२५ प्रतिशतले र फाइनान्स समूह ०.९ प्रतिशतले घटेका छन् ।

    ५ अंक माथिले घटेको बजारमा आज १ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्