
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले स्पष्टिकरण सोधेपछि पार्टी छाडेका ४ जना नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपाल प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्टि जनाएका ४ नेतालाई राप्रपाले २४ घन्टे स्पष्टिकरण सोधेको थियो।
राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले उनीहरुलाई पार्टी हितविरुद्ध लागेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको थियो।
राप्रपा नेतृत्वप्रति असन्तुष्ट हुँदै नेताहरु दीलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठले पार्टी छाडेका थिए। त्यसैगरी राप्रपाका तत्कालीन खेलकुद विभाग प्रमुख दमन बस्नेत पनि कमल थापाको पार्टीमा प्रवेश गरेकाछन्।
बिहीबार दिउँसो राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले प्रवेश गराएका हुन्।
प्रतिक्रिया दिनुहोस्