
काठमाडौं- सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन गरेपछि अरुको भरमा बाँच्नुुपर्ने बताएका छन् । उक्त पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा बुधबार उनले गठबन्धन गर्दा अरूको सहारामा बाँच्नुपर्ने बताएका हुन् ।
“गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरूको सहारामा बाँच्नुपर्दो रहेछ,” उनले भने, “अरूको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन । आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरूले पार्टीको पनि विश्वास जित्न सक्दो रहेछन् ।”
उनले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनभित्र धोका भएको पनि बताए । आन्तरिक कारण समेत पराजित भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्