images
images
  • प्रतिनिधि सभा बैठक बस्दै आज, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं- प्रतिनिधि सभा बैठक आज (बुधबार)) बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ।

    आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन्।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् ९पहिलो संशोधन० विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    यसपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद्९पहिलोसंशोधन० विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यसपछि सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ‘महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    मन्त्री रेग्मीले सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    प्रतिनिधि सभाको बुधवारको बैठकमा वन तथा वातावरण मन्त्री प्रदीप यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट’को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता माथि सदनमा छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    छलफलपछि मन्त्री यादवलले सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    यस्तो छ सम्भावित कार्यसूची :

     

    shadule

    प्रतिक्रिया दिनुहोस्