
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्। तीन दिनअघि रवि लामिछानेको नेतृत्वमा गठन भएको सो पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
पार्टी घोषणासभामा केन्द्रीय समिति २१ सदस्यीय रहने जानकारी गराइए पनि अध्यक्ष बाहेक अन्यको नाम लामिछानेले सार्वजनिक गरेका थिएनन्। विराटनगर स्थायी घर भएका २९ वर्षी ढकाल कालिकोटको रास्कोट अस्पतालका निर्देशक हुन्। ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् ।
निर्वाचन आयोगमा लामिछाने पार्टी दर्ताका लागि निवेदन दिएका छन्। तर, ‘स्वतन्त्र’ नाममा पार्टी दर्ता गर्न नहुने माग गर्दै आयोगमा दुईवटा उजुरी दर्ता भएको छ। यसैबीच पार्टी गठनको घोषणापछि राष्ट्रिय स्वतन्त्र पार्टीले आज पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दैछ।
प्रतिक्रिया दिनुहोस्