images
images
  • नागरिकता विधेयक अघि बढाउने गठबन्धनको निर्णय

    काठमाडौं- गठबन्धन बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ ।

    आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक अघि बढाउने प्रस्ताव गरेका थिए । “प्रधानमन्त्रीले आजको बैठकमा नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गर्नुभएको छ । अहिले हाम्रो समाजमा बुबा नागरिक,आमा नागरिक तर उनका सन्तानहरू नागरिकताविहीन भइरहेको अवस्था छ । यसलाई अन्त्य गर्नका निमित्त अग्रसरता लिनका लागि आज निर्णय भएको छ,” उनले भने ।

    नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो । त्यसपछि लामो समयसम्म संसद्को राज्यव्यवस्था समितिमा अड्किएको थियो ।

    प्रतिक्रिया दिनुहोस्