
काठमाडौं- पेट्रोलमा प्रतिलिटर २१ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ मूल्य बढेको छ।
आइतबार राति १२ बजेदेखि लागू भएको मूल्य अनुसार‚ पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पर्नेछ।
निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो।
खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको नियमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्