images
images
  • एमाले जनाप्रतिनिधीका २० बुँदे संकल्प: ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं (पुर्णपाठसहित)

    काठमाडौं- नेकपा (एमाले) का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाले काठमाडौं संकल्प जारी गरेको छ । बिहीबारदेखि सुरु राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन् ।

    दुई दिने स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले) का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा सहभागि जनप्रतिनिधिहरूका तर्फबाट उक्त २० बुँदे संकल्प जारी भएको हो ।

    संकल्पमा पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हँदै, निर्वाचनमा जारी घोषणापत्र र प्रतिवद्धतालाई आधार मानेर, निर्वाचनमा अभिव्यक्त जनअभिमत, हामीसँग मतदाताहरूले गर्नुभएका आशा, अपेक्षा र भरोसालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने उल्लेख छ । ‘हामी शासक होइन, जनताका सेवक हुनेछौँ,’ पहिलो संकल्प बुँदामा भनिएको छ ।

    यस्तै अन्य संकल्पका बुँदामा हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमूना बन्नेछन्, हामीहरू सदाचारमा नमूना बन्नेछौँ, आफूले कुनै भ्रष्टाचार गर्नेछैनौँ र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौँ लगायत रहेका छन् ।

    भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा सङ्लग्नहरूलाई कानुनी कार्बाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछौँ संकल्पको पाँचौं बुँदामा भनिएको छ । समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृति विरुद्धको अभियानमा अग्रपङ्क्तिमा उभिएर सामाजिक सांस्कृतिक रुपान्तरणको अगुवाइ गर्नेछौँ, अर्को बुँदामा भनिएको छ ।

    समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्ने उल्लेख गर्दै सातौं बुँदामा भनिएको छ, ‘हामी पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गछौँ । तसर्थ आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्नेछौं ।’

    सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुरयाउनु हाम्रो कर्तव्य हुनेछ । यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिना झण्झटिलोर पारदर्शी बनाउन लागिरहने छौँ, कुनै गुनासो आएमा सकारात्मक रुपमा लिएर तत्काल संवोधन गर्नेछौँ, बेरुजु समयमै फस्र्योट गर्नेछौं र जनताबाट प्राप्तहुने सबै प्रकारका राजश्वको पूर्ण एवं प्रभावकारी सदुपयोग गर्नेछौँ, जारी संकल्पका अन्य बुँदामा उल्लेख छन् ।

    हेर्नुस संकल्पको पुर्णपाठ:

    sankalpa

    प्रतिक्रिया दिनुहोस्

    images