images
images
  • देशभक्त काटिने लोकतन्त्र आएछ : ओली

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्तहरु काटिने लोकतन्त्र आएको टिप्पणी गरेका छन् । आज नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै लोकतन्त्रका सञ्चालकहरुबाट देशभक्त झन् जाखिममा परेको टिप्पणी गरेका हुन् ।

    ‘राणा शासन फालेर प्रजातन्त्र भनेर घोषणा भएपछि देशभक्तहरु काटिने, देशभक्तहरु मारिने, विदेश पलायन हुनुपर्ने यस खालका कुराहरु लोकतन्त्र भनिएको समाजमा भयो,’ उनले भने,‘देशभक्त काटिने लोकतन्त्र आएछ ।’

    ओलीले लोकतन्त्रका सञ्चालकहरु धेरैजसो गलत व्यक्तिहरु आएको बताए । देशभक्तहरुले बलिदानी दिएर लोकतन्त्र ल्याएको तर यही लोकतन्त्रमा देशभक्त नै काटिनुपर्ने, पलायन हुनुपर्ने अवस्था आएको बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images