
काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सत्तारूढ गठबन्धनमा रहेका दलहरू विभाजित बन्दै गएका छन् ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसीका विषयमा प्रस्ट छ । तर, कांग्रेसबाहेक गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी भने बुधबारसम्म संसद्बाट एमसीसी परियोजना हालकै अवस्थामा पास गर्ने विषयमा सहमत हुन सकेका छैनन् ।
यस्तै, जनता समाजवादी पार्टी नेपालभित्र एमसीसी परियोजनाको विषयमा दुई धार देखिएको छ भने गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चा पनि विपक्षमा छ ।
एमसीसीले गठबन्धनमा गडबड
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट एमसीसी परियोजना जसरी पनि अघि बढाउनुपर्ने भन्दै गठबन्धनमा रहेका अन्य दलका नेताहरूमा सहमति गर्न दबाब बढाउँदै आइरहेका छन् भने उनीमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई अघि बढाउने विषयमा सहमति गर्न नसकिने भन्दै देउवालाई रोक्दै आइरहेका छन् ।
प्रधानमन्त्री देउवाले भने पटकपटकको गठबन्धन बैठक र शीर्ष तहको बैठकमा एमसीसी परियोजना अघि नबढाए सत्ता गठबन्धनमा नै गडबड हुनेसम्मको चेतावनी दिइसकेका छन् ।
देउवाको सो चेतावनीपछि स्थानीय तहको निर्वाचनका विषयमा पनि सत्ता गठबन्धनमा मतभेद देखिन थालेको छ । गठबन्धन बैठकबाटै जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बनिसकेको र सोहीअनुसार प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँगसमेत निर्वाचनलाई निष्कर्षमा पु(याउनेगरी छलफल गरिसकेका छन् ।
तर, एमसीसीको विषयमा विवाद देखिँदै गएपछि स्थानीय तहको निर्वाचनका विषयमा पनि गठबन्धन आबद्ध दलका नेताहरूको फरकफरक धारणा आउन थालेको छ । संविधानसँग बाझिएका निर्वाचन कानुन संशोधन नै नगरी निर्वाचनमा अघि बढेको भन्दै गठबन्धनभित्र असन्तुष्टि बढेको हो ।
एमसीसी र निर्वाचन दुवै विषयमा गठबन्धनमा गडबड देखिन थालेपछि माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपाललाई दुवै विषयमा सहमति गरेर आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्ने कि एमसीसीकै कारण गठबन्धनबाट अलग हुने भन्ने विषय पेचिलो बन्दै गएको छ ।
उनीहरू एसमसीसीमा सहमति जनाउँदा देखापर्ने अप्ठ्यारा र गठबन्धन तोडिए हुन सक्ने क्षति’दयगत आन्तरिक छलफलमा समेत छन् ।
एमसीसीमा गठबन्धनभित्रकै दलको समर्थन लिन असहज अवस्था बन्दै गएपछि प्रधानमन्त्री देउवाले छिनोफानो गर्न भन्दै सरकारमा रहेका प्रभावशाली मन्त्रीहरूलाई आफ्नो दूतका रूपमा दुवै दलका अध्यक्षसँगको संवादमा खटाएका छन् । तर, दुवै दलका अध्यक्ष विवादित विषय संशोधन नगरी यथास्थितिमा एमसीसी अघि बढाउन नहुने पक्षमा उभिँदै आइरहेका छन् ।
देउवाले मंगलबार माओवादी अध्यक्ष प्रचण्डसँग संवादका लागि नेताहरू पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रचण्ड निवास खुमलटार पठाएका थिए ।
बुधबार भने गृहमन्त्री बालकृष्ण खाँण नेकपा एसका अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका हुन् । तर, भेटमा के भयो भन्ने’दयगत आधिकारिक रूपमा केही खुलाइएको छैन ।
सत्तारूढ अन्य दल सहमत नभएमा एमालेसँग मिलेर भए पनि एमसीसी पास गराउने रणनीतिमा प्रधानमन्त्री देउवा अघि बढेको उनीनिकट नेताहरू बताउँछन् ।
प्रचण्ड र माधवलाई देउवाको प्रश्न
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौतामा ‘केके विषयमा संशोधन गर्नुपर्ने रु’ भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपाललाई प्रश्न गरेका छन् ।
प्रधानमन्त्री देउवाले बुधबार साँझ आफ्नै सरकारी निवास बालुवाटारमा दुवै दलका अध्यक्षलाई बोलाएर एमसीसीका केके विषयमा संशोधन गर्नुपर्ने हो भन्दै प्रश्न गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्री देउवाले संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउनसमेत दुवै नेतालाई आग्रह गरेका छन् ।
‘प्रधानमन्त्रीले केके विषयमा असहमति हो, प्रस्ट रूपमा ल्याउनुस् भनेर प्रचण्ड र माधव दुवै नेतालाई भन्नुभएको छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।
प्रधानमन्त्रीसँगको छलफलका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने भन्दै संशोधन भएमा भने पुनर्विचार गर्न सकिने जवाफ दिएका छन् ।
नेकपा एसका अध्यक्ष नेपालले पनि बुधबार प्रधानमन्त्रीसँग भएको छलफल’दयगत बताएका थिए । उनले सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री देउवाले संशोधनका विषय ल्याउन भनेको बताएका थिए । राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्