काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणले महामारीको रुप लिँदा प्रविधि क्षेत्रका धनाढ्यको सम्पत्ति मात्रै बढाएन, स्वास्थ्य क्षेत्रबाट समेत अर्बपतिहरु जन्माइदिएको छ।
कोरोना संक्रमणविरुद्ध विकास गरिएको खोप सफल हुँदा संसारमा कम्तीमा नौ जना अर्बपति थपिनपुगेका हुन्।
खोप अभियान सुरु भएसँगै बिक्री ह्वात्तै बढ्नथालेपछि यसका विकासकर्ता कम्पनीको सेयर मूल्य आकाशिँदा औषधि क्षेत्रले कम्तीमा पनि नौ जना अर्बपति जन्माएको हो।
अमेरिकी केवल न्युज नेटवर्क ९सीएनएन०का अनुसार नयाँ अर्बपतिहरुमा मोडर्नाका प्रमुख कार्यकारी स्टेफेन बान्सेल र बायोएनटेकका सीईओ युगर साहिन परिचित अनुहार हुन्।
बायोएनटेकले अमेरिकी कम्पनी फाइजरसँग मिलेर खोप उत्पादन गरिरहेको छ।दुवै सीईओसँग अहिले चार अर्ब डलरबराबर सम्पत्ति रहेको पिपल्स भ्याक्सिन अलाएन्सले गरेको विश्लेषणले देखाएको छ।
यो अलाएन्स अक्सफाम, यूएलएआईडीएस, ग्लोबल जस्टिस नाउ र एम्नेस्टी इन्टरनेशनलसहितको समूह हो।सेयर उच्च दरले बढेपछि चीनको क्यानसिनो बायोलजिक्स र मोडर्नामा सुरुवाती लगानी गरेका वरिष्ठ अधिकारीहरु पनि अर्बपति बनेका छन्।
खोपबाट भएको आम्दानीले नाफा दिएपछि कम्पनीहरुको अवस्था भविष्यमा समेत राम्रो हुने देखिएको छ। चर्चित म्यागजिन फोब्र्सको धनी सूचीबाट तथ्यांक लिएर यस्तो विश्लेषण गरिएको हो।
मोडर्नाको सेयर मूल्य सन् २०२० फेब्रुअरीयता सात सय प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने बायोएनटेकको सेयर पनि छ सय प्रतिशतले बढेको छ ।क्यानसिनो बायोलजिक्सको सेयर चार सय ४० प्रतिशतले सोही अवधिमा बढेको छ । कम्पनीको एक खेप मात्र लगाए पुग्ने कोरोना खोपलाई गत फेब्रुअरीमा चीनमा अनुमति मिलेको थियो ।
यता अधिकारकर्मीहरुले भने महामारीले असमानता बढाएको बताएका छन्।नयाँ नौ अर्बपतिको एकीकृत कुल सम्पत्ति १९ अर्ब ३० करोड अमेरिकी डलर हाराहारीमा पुगेको छ।यो रकमले न्यून आय भएका देशका ७८ करोड मानिसलाई खोप लगाउन पर्याप्त हुने अधिकारकर्मीको दाबी छ।
विश्वका नेताहरुले खोपमाथिको बौद्धिक सम्पत्ति अधिकारलाई केही लचिलो बनाउनसक्ने आकलन छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई समर्थन गरिसकेका छन्।यसो गर्दा विश्वमा खोप अभियान सफल हुने विश्वास लिइएको छ।
तर यता जर्मनीले भने बौद्धिक सम्पत्ति रक्षा गर्नुपर्ने बताउँदै आएको छ । उसले प्याटेन्ट अधिकार हटाउँदा मात्रै खोप आपूर्ति बढ्ने कुरा नकार्दै आएको छ।विश्व स्थास्थ्य संगठनले ८७ प्रतिशत खोप धनी र माथिल्लो मध्यम आय देशमा पुगेको र न्यून आय भएका देशले मात्र शून्य दशमलव दुई प्रतिशत खोप मात्रै पाएको बताएको छ।
यता गत शुक्रबार एक वक्तव्यमार्फत अन्तर्राष्ट्रिय मुद्राकोषकी गीता गोपीनाथले विश्वको ६० प्रतिशत जनसंख्यालाई सन् २०२२ को मध्यसम्म खोप लगाउँदा ५० अर्ब अमेरिकी डलर मात्रै खर्च हुने बताएकी छिन्।
फाइजरका सीईओ अल्बर्ट बोर्लाले कम्पनीले दुई अर्ब मात्रा खोप न्यून र मध्यम आययुक्त देशलाई आगामी १८ महिनाभित्र उपलब्ध गराउने जी२० राष्ट्रको स्वास्थ्य सम्मेलनमा बताएका छन्।
यो वर्षको अन्त्यसम्ममा फाइजरले २६ अर्ब डलरको खोप बिक्री हुने बताएको छ । यसमा ३० प्रतिशत हाराहारीमा नाफा हुनेछ । बोर्लाले भने खोपबाट कमाएको नाफाको बचाउ गरे।
बायोएनटेकले जर्मन सरकारबाट ३२ करोड ५० लाख युरो खोप विकासका लागि पाएको थियो । यो वर्षको पहिलो तीन महिनामा बायोएनटेकले एक अर्ब १० करोड युरो नाफा कमाएको थियो।
खासगरी कम्पनीको खोप बिक्रीसँगै बढेको सेयर मूल्यका कारण धेरै नाफा भएको हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ४० लाख युरो घाटा भोगेको थियो।यता पहिलो तीन महिनामा यो वर्ष मोडर्नाको एक अर्ब ७० करोड डलरको खोप बिक्री भएको थियो।
यही अवधि कम्पनीको लागि पहिलो नाफा देख्ने त्रैमासिक थियो।गोल्डम्यान स्याकले सन् २०२१ मा मोडर्नाले १३ अर्ब २० करोड डलरको खोप बिक्री गर्ने आकलन गरेको छ। मोडर्नाले खोप विकासका लागि अमेरिकी सरकारबाट समेत ठूलो धनराशि सहयोग पाएको थियो।
प्रतिक्रिया दिनुहोस्