images
images
  • फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान

    • images
    • १७ फाल्गुन २०७७

    काठमाडौं, फागुन १७

    राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

    सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images