काठमाडौं। सत्तारुढ दल नेकपा एमालले स्थायी कमिटी गठन गरेको छ ।
वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई बाहिर राख्दै बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो ।एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।
जसमा पूर्व माओवादी केन्द्र परित्याग गर्दै एमालेमा रहेका नेताहरु समेत स्थायी कमिटीमा अटाएका छन् ।स्थायी कमिटी सदस्यमा केपीशर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्