• दोलखामा बोलेरो जीप दुर्घटना : चार जनाको मृत्यु, १८ घाइते , पाँच जना गम्भिर

    काठमाडौं । दोलखामा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

    सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

    उनका अनुसार १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ७ जनाको दोलखामै र ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ । गए राति साढे १० बजे दुर्घटना भएको हो ।

    प्रतिक्रिया दिनुहोस्