images
images
  • ६० लाख कित्ता आईपीओ निष्कासन गर्दै सानिमा लाइफ इन्स्योरेन्स

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आईपीओ निष्कासन गर्दैछ। यसका लागी साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।

    हालसम्म कम्पनीले सेबोनमा भने निवेदन पेश गरेको छैन । कम्पनीले यसअघि नै आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

    कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images