• जसमा सहमति हुन्छ त्यसैले सरकारको नेतृत्व गर्छ : प्रचण्ड

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन् ।

    आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतबार चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनु पर्नेमा जोड दिए ।

    उनले भने संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै , ‘जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।’

    साथै प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको पनि बताए । उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको उनको भनाइ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्