काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका छन् । मंगलबार आफूपक्षीय सांसदसँग छलफल गरेका नेपालले आजका लागि स्थायी कमिटी सदस्यसँग छलफल गर्न लागेका हुन् ।
आइतबार नेपालसहित २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । जसम्ध्ये ८ जना पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका थिए ।
नेपाल निकट मानिएका १० सांसदले भने तटस्थ रहे । देउवालाई विश्वासको मत दिने सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, हालसम्म पनि पत्र भने पठाइएको छैन ।
पछिल्लो राजीनितक घटनाक्रम र पार्टीभित्रकै अन्तरसंघर्षका बिच नयाँ रणनीति बनाउन नेपालले स्थायी कमिटी बैठक बोलाएका हुन् । मंगलबारको भेलाले एकताका लागि पार्टी अध्यक्षबाट ओलीको राजीनामा आउनुपर्ने नयाँ सर्त अघि सारेको छ ।
उक्त छलफलमा ओलीले अध्यक्ष पद छाडेमात्रै पार्टी एकता प्रक्रिया अगाडि बढ्ने धारणा सांसदहरुले राखेका थिए ।
प्रकाशित मिति २०७८ साउन ६ गते बुधबार ०९:२३