images
images
  • विद्यालय बन्द गर्ने/नगर्नेबारे निर्णय गर्ने मन्त्रालय

    काठमाडौँ । कोरोनाका कारण फेरि पनि विद्यालय बन्द गर्ने तयारीमा सरकारहेको छ । यसका लागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्नेरनगर्ने विषयमा छलफलका लागि सरोकारवालालाई बोलाएको छ ।

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कोभिड संक्रमण बढेको भन्दै स्कुल अनलाइन सञ्चालन गर्न सुझाब दिएपछि मन्त्रालयले आज सरोकारवालासँग छलफल गर्न लागेको हो ।

    आज हुने छलफलमा महानगरपालिकाका प्रतिनिधि, अभिभावक संघ, प्याब्सन, एन प्याब्सनलगायतलाई बोलाइएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । छलफलबाट संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिइनेछ ।

    सीसीएमसीको बैठकले संक्रमणको दर बढ्दै गएको र विद्यालय उमेर समूहका व्यक्तिमा बढी संक्रमण देखिएकोले विद्यालय केही दिन बन्द गरी अनलाइन कक्षा सञ्चालनका लागि प्रस्ताव गरिएको थियो । तर प्याब्सनले विज्ञप्ति निकालेर विद्यालय बन्द नगर्न आग्रह गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images