कैलाली । पछिल्लो समय टिकटक लोकप्रिय बन्दै गएको छ । टिकटकले नयाँ अनुहारलाई चर्चाको शिखरमा पुर्याइदिएको छ । भने धेरैलाई नाम र दाम पनि कमाउन सहयोग पुगेको छ । तर टिकटकमा भाइरल हुन हुने होडबाजीले केही अप्रिय घटनाहरु पनि घटेको पाइन्छ । यस्तै घटना कैलालीमा पनि घटेको छ ।
टिकट बनाउन कर्णाली चिसापानी पुलबाट हाम फलेका एक किशारे वेपत्ता भएका छन् । प्रहरीका अनुसार कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् । उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले बताएको छ । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले जानकारी दिए ।
कैलालीको कर्णाली पुलबाट टिकटक बनाउन हाम फाल्दा १ जना बेपत्ता भएका छन् । शनिबार ३ जनाले नदिमा हाम फालेका थिए । ती मध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्दार गरिएको थियो । प्याकुरेल घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरू तिनै जना कक्षा १० मा अध्यनरत हुन् ।
टिकटक बनाउन भन्दै नदिमा हाम फालेको इलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । बेपत्ताको खोजी जारी राखेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्