• यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २७ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्