• बिनानिष्कर्ष सकियो देउवा निवासमा बसेको तीन दलको बैठक

    काठमाडौं । सत्ता समीकरणका लागि गठबन्धन बनाउनेबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक विनानिष्कर्ष सकिएको छ।

    शुक्रबार अपरान्ह करिब आधा घण्टा देउवा निवास बुढानिलकण्ठमा चलेको बैठकमा नेकपा माओवादी केन्द्र र जसपाका शीर्ष नेता सहभागी थिए।माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा जसपाले पार्टीमा छलफल गर्न समय माग गरेको पत्रकारहरूलाई बताए।

    उनकाअनुसार अर्को बैठक छिट्टै बस्नेछ। श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिइने पनि बताएका छन्। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने औपचारिक रूपमा आज पहिलोपटक बैठक भएको हो।

    जसपाका नेताहरूले केही समय चाहिन्छ भन्नुभएको छ,’ उनले भने, ‘पार्टीमा छलफल गरेको छैन भन्नुभएको छ। जसपाको बैठक गरी निर्णय गर्न समय माग गर्नुभएको छ। अर्को बैठक बस्ने गरी सहमतिपूर्वक बैठक टुंगिएको छ।’ जसपाले निर्णय गरेपछि नयाँ गठबन्धनबारे प्रक्रिया सुरू हुने शर्माले बताएका छन्।

    नयाँ सरकार बनाउने कांग्रेसको प्रस्तावमा माओवादी सकारात्मक, जसपाले भन्यो ‘छलफल गरेर निर्णय गर्छौं’

    कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका थिए । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै उनले बैठकमा भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरुको धारणा के छ ?’

    बैठकमा जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए । यसबारे छिट्टै निर्णय गर्ने उनीहरुले बताए । जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि रहेको बताए ।

    माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    Bishwokhar.com || News from Nepal
    images
    SKIP THIS