images
images
  • जेन्जी आन्दोलनको विध्वंसमा संलग्न २५० जनालाई गृहको निर्देशनमा हाजिरी जमानीमा रिहा

    काठमाडौं– भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र प्रहरी चौकीमा भएको आगजनी, लुटपाट र विध्वंसमा संलग्न करिब २५० जनालाई गृह मन्त्रालयको निर्देशनमा हाजिरी जमानीमा रिहा गरिएको छ ।

    महानगरीय प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार, उनीहरू बयान लिएर र अनुसन्धानका लागि जमानीमा छुटेका हुन्, जघन्य अपराधमा संलग्न व्यक्ति भने अनुसन्धानमै रहेका छन् ।

    प्रहरीले भिडिओ, फोटो र प्रमाणका आधारमा पक्राउ गरेका थिए ।

    रिहा भएका अधिकांशले हुलमुल र अनजानमा संलग्नता स्वीकार नगरे पनि बयान सकिएपछि जमानीमा छुटेका हुन् ।

    उपत्यका अपराध महाशाखाका प्रमुख रमेश बस्नेतले भने, प्रहरी आफ्नो नियमित काम जारी राखेको र कुनै दबाब नभएको बताउँदै, मुख्य प्राथमिकता भागेका कैदी खोज्ने, लुटिएका हतियार फिर्ता गर्ने र जघन्य अपराधको अनुसन्धान रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images