images
images
  • ओली–लेखकविरुद्ध जाहेरी दर्ता गर्न जेन्जी आन्दोलनका घाइते र मृतकका आफन्त पुगे प्रहरीमा

    काठमाडौं– गत भदौ २३ गतेको प्रदर्शनमा मृत्यु भएकामध्येका परिवारका सदस्यहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्न आज जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।

    ‘हामी नेपाल अभियान’का संयोजक सुधन गुरुङको जाहेरी प्रहरीले नदर्ता गरेपछि शहीद परिवार कमल सुवेदीको नेतृत्वमा जाहेरी लिएर पुगेको हो ।

    अभियानकी सदस्य ओजश्वी थापाले परिवारका तर्फबाट जाहेरी दिने प्रक्रिया भइरहेको जानकारी दिइन् ।

    प्रहरीले पीडितको जाहेरी मात्रै लिन सकिने भन्दै छलफल चलाइरहेको छ ।

    यो विषयमा सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा समेत बैठक बसेको स्रोतले जनाएको छ ।

    यसअघि सुधन गुरुङलगायत अभियानकर्मीहरूले भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको दमनको विरोध गर्दै सामाजिक सञ्जालमा ट्रेन्ड चलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images