images
images
  • उपत्यकामा जोरविजोर प्रणाली हट्यो, पर्सिदेखि सबै सार्वजनिक यातायात चल्ने

     काठमाडौं । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको २ महिनापछि काठमाडौं उपत्यकामा निजी तथा सबै खालका सवारीसाधनस्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ । सँगै थप खुकुलो बनाउँदै असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।

    सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ । हरेक दिन सवारी साधन निसंक्रमित गर्नुपर्नेछ ।

    यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४र४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ । तर सवारी साधनको मध्य भागमा दुई तर्फका यात्रु छुट्याउने गरी प्लस्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ ।

    वैशाख १६ देखि निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले जोर बिजोरका आधारमा असार ७ देखि निजी र १५ गते २५ सिटभन्दा माथिका बस मात्र चल्ने दिएको थियो ।

    पसल बिहानैदेखि खुल्ने :

    उपत्यकामा पसल खोल्ने समय पनि बढाइएको छ । अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

    यसअघि दूध फलफूल, खाद्यान्नबाहेकका पसलहरु विहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो । औषधि र स्वास्थ्य सामाग्रीसम्बन्धी पसल भने जुनसुकै समयमा सञ्चालन गर्न पाइनेछ ।

    केकेमा छ अझै निषेध

    स्थानीय प्रशासनका अनुसार सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रम गर्न पाइने छैन ।

    खुला स्थानमा भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनिरोक लगाइएको छ । विवाह ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।

    यस्तै नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्थानहरुमा भौतिक उपस्थितिमा पठनपाठन र स्थानीय ढुवानी विहान ९ देखि ११ तथा अपरान्ह ४ देखि ७ बजेसम्म गर्नसमेत स्थानीय प्रशासनले रोक लगाएको छ ।उपत्यकामा जोरविजोर प्रणाली हट्यो,
    सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ । हरेक दिन सवारी साधन निसंक्रमित गर्नुपर्नेछ ।

    यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४र४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ । तर सवारी साधनको मध्य भागमा दुई तर्फका यात्रु छुट्याउने गरी प्लस्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ ।

    वैशाख १६ देखि निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले जोर बिजोरका आधारमा असार ७ देखि निजी र १५ गते २५ सिटभन्दा माथिका बस मात्र चल्ने दिएको थियो ।

    पसल बिहानैदेखि खुल्ने

    उपत्यकामा पसल खोल्ने समय पनि बढाइएको छ । अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

    यसअघि दूध फलफूल, खाद्यान्नबाहेकका पसलहरु विहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो । औषधि र स्वास्थ्य सामाग्रीसम्बन्धी पसल भने जुनसुकै समयमा सञ्चालन गर्न पाइनेछ ।

    केकेमा छ अझै निषेध

    स्थानीय प्रशासनका अनुसार सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रम गर्न पाइने छैन ।

    खुला स्थानमा भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनिरोक लगाइएको छ । विवाह ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।

    यस्तै नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्थानहरुमा भौतिक उपस्थितिमा पठनपाठन र स्थानीय ढुवानी विहान ९ देखि ११ तथा अपरान्ह ४ देखि ७ बजेसम्म गर्नसमेत स्थानीय प्रशासनले रोक लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images