
काठमाडौं– नेपाली कांग्रेसका नेता डा.गोविन्द पोखरेलले नेपालमा फेरि कम्युनिष्ट (एमाले–माओवादी) एकता हुन सक्ने संकेत दिँदै पार्टी नेतृत्वलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले एमालेभित्र देखिएको राजनीतिक गतिविधिले कम्युनिष्टहरू पुनः एक हुने सम्भावना रहेको बताए ।
उनले कांग्रेसलाई ‘मिसन ८४’ को प्रतिस्पर्धामा सक्षम बनाउन पार्टीको गतिशीलता बढाउन र सुशासन, लोकतन्त्र तथा आर्थिक क्रियाशीलतामा ध्यान दिनुपर्ने धारणा राखे ।
डा. पोखरेलले १५औँ महाधिवेशनको तालिका छिटो सार्वजनिक गरी २०८२ भित्रै सम्पन्न गर्न माग गरे । साथै, कुलिङ पिरियड काण्डमा पार्टीले गम्भीर छानबिन गर्नुपर्ने बताए ।
उनले मन्त्रीहरूले एक हप्ताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्तावसमेत बैठकमा राखे । संविधान संशोधनका प्रतिबद्धता बिर्सिएको भन्दै सरकारलाई कार्य अघि बढाउन निर्देशन दिन केन्द्रीय समितिलाई सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्