काठमाण्डौ । पछिल्लो समय भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । त्यहाँ अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ ।
गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको हो ।
यस्तै भारतमा गएको २४ घण्टामा ६ सय ८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनको सङ्ख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ ।
भारतमा अहिलेसम्म १ करोड ९२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाको कारण अवस्था गम्भीर बन्दै गएको छ । त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्