images
images
  • १ महिनाभित्र दर्ता नभए फेसबुक,एक्स र इन्स्टाग्राम नेपालमा नचल्‍ने

    काठमाडौं – नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, एक्स, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाललाई एक महिनाभित्र अनिवार्य रूपमा दर्ता गर्न चेतावनी दिएको छ।

    मन्त्रालयले बिहीबार तेस्रो पटक सूचना जारी गर्दै तोकिएको समयमा दर्ता नभए नेपालभित्र ती प्लेटफर्महरूको सञ्चालन रोक्न सकिने जनाएको छ। सामाजिक सञ्जालको नियमन गर्न ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ लागू गरिएकाले सूचीकरण आवश्यक भएको मन्त्रालयले जनाएको छ।

    हालसम्म नेपालमा भाइबर, टिकटक र डब्लूटुक मात्र सूचीकरण भएका छन्। निर्देशिकाअनुसार सामाजिक सञ्जालहरूले नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने, आपत्तिजनक सामग्री हटाउने प्रक्रिया लागू गर्नुपर्ने, र प्रयोगकर्ताको गोपनीयता तथा डाटा सुरक्षामा ध्यान दिनुपर्ने प्रावधान छन्।

    सरकारको यस निर्णयले डिजिटल नियमन कडा बनाउने भए पनि अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालको उपलब्धता सम्बन्धी बहस चर्किन सक्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images